समाज

पहिरोले पुरिँदा दुई गाई र एक बाच्छाको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका –६ फेदीस्थित  गोठ  पहिरोले पुरिँदा शुक्रवार दुई गाई र एउटा बाच्छाको मृत्यु भएको छ ।

स्थानीय सहदेव लामिछाने र रामकुमार लामिछानेको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्चीगोठमा पहिरो आउँदा  तीनको मृत्यु भएको हो।  बाँधिराखेका ५ वटा गाईमध्ये २ वटा गाईलाई बिहान नेपाल प्रहरी र स्थानीयको सहायताले सकुशल उद्धार  गरिएको छ ।  

पहिरोले मानवीय क्षति भने हुन नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

प्रकाशित: ६ असार २०८२ ०९:४६ शुक्रबार

#NagarikNews #NepaliNews