समाज

विमानस्थलबाट सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक पक्राउ परेका छन्।

मंगलबार राति विमानस्थलबाट भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई प्रहरीले पक्राउ गरेको हो। 

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट करिब १ किलो १ सय ५९ ग्राम तौल सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई शङ्का लागेर जाँच गर्दा सुन जस्तो देखिने अर्धठोस पदार्थ भेटिएको हो।  

प्रकाशित: ४ असार २०८२ १३:४९ बुधबार

#NagarikNews