धनगढीमाई नगरपालिका-१३ को डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ।
सङ्घीय खानेपानी र ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको यो आयोजनाले वडा नं ११, १२ र १३ का एक हजारभन्दा बढी परिवारलाई लाभ पुर्याएको छ।
परीक्षणका रूपमा उपभोक्तालाई पानी वितरण गरिएको डावरटोल नैनपुरटोल खानेपानी र सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सर्वण ठकुरीले जानकारी दिए।
खानेपानी र सरसफाइमन्त्री प्रदीप यादवले असार ५ गते आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। आयोजना उद्घाटनको तयारीमा आफूहरू रहेको उनले जानकारी दिए। रासस
प्रकाशित: ४ असार २०८२ ०७:०२ बुधबार