समाज

प्रहरीले टोखाबाट गोली हानेर नियन्त्रणमा लिएका चारै जना भारतीय नागरिक

प्रहरीले टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरू चार जना भारतीय नागरिक रहेको खुलेको छ ।

मंगलबार काठमाडौंको टोखामा ७ राउन्ड गोली चलाएर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले कारोबारी पक्राउ गरेको थियो।

लागु औषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्ने चारै जना भारतीय नागरिक रहेका छन्। उनीहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको उनले बताए। 

प्रकाशित: २७ जेष्ठ २०८२ १७:२८ मंगलबार

#NagarikNews