समाज

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सश्स्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन्।

गोतखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आइबार तालको ३५ फिट गहराईमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं- २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए।

अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्किएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ।

प्रकाशित: २६ जेष्ठ २०८२ १६:२० सोमबार

#NagarikNews #Begnas Lake