समाज

वीरगञ्जमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो ३:१० बजे कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। 

प्रकाशित: २५ जेष्ठ २०८२ १६:५९ आइतबार

#NagarikNews