समाज

यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्ता पक्राउ

सोमबार यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताए। उपत्यकामा प्रहरीले दुई  बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए।

यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ ।

प्रकाशित: १९ जेष्ठ २०८२ १७:२५ सोमबार