वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ।
विगत पाँच वर्षदेखि प्रोष्टेट क्यान्सर रोगबाट पीडित रसिकको ७७ वर्षको उमेरमा आइतबार उपचारकै क्रममा निधन भएको हो।
आइतबार हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रसिककी छोरी बेलायतमा रहेको र उनी अएपछि सोमबारमात्रै अन्त्येष्टि गरिने तयारी परिवारको छ। छोरी नफर्केसम्म रसिकको शव त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
रसिकले आफ्नो अन्तिम इच्छामा अन्तिम संस्कार भोजपुरमा गर्न आग्रह गरेकाले साही अनुसारको तयारी रहेको पारिवारिक स्रोतको भनाइ छ।
नेपाली साहित्यिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रसिकले करिब पाँच दशक कला-साहित्यमा बिताएका छन् । २००४ साल असोज ४ गते भोजपुरको नौलागाँउमा जन्मिएका उनले करिब ३१ वर्षसम्म विभिन्न विभाग र संस्थाहरूमा विविध जिम्मेवारी निर्वाह गरेका छन् ।
रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ (कथासंग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीतसंग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह- २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीतसङ्ग्रह २०६८) , ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत प्रकाशित छन् ।
यो पनि पढ्नुहोस्
ओ शून्यता !प्रकाशित: १८ जेष्ठ २०८२ १४:११ आइतबार