समाज

महिमानसिंह विष्टलाई १ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई धरौटीमा छाड्न आदेश गरेको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए ।

प्रकाशित: ५ जेष्ठ २०८२ १७:०७ सोमबार

#MahimanSingh Bista