पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ थुनामै रहने भएका छन्।
उच्च अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेसँगै उनी थप थुनामै रहने भएका हुन्।
सहकारी ठगीसम्बन्धी कसुर, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने उच्चको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए।
सर्वोच्चले गत शुक्रबार कानूनबमोजिम गर्न आदेश दिएको हो। उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो।
प्रकाशित: ४ जेष्ठ २०८२ १८:२५ आइतबार