रसुवाबाट सुन जस्तो देखिने वस्तु बरामद भएको छ ।
चीनबाट आउने सामानसँगै सुनजस्तो देखिने वस्तु बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
‘सुनजस्तो देखिने वस्तु बरामद भएको हो, सुन हो कि होइन यकिन हुँदैछ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी हेमबहादुर शाहीले बताए ।
उनका अनुसार बरामद भएको सामानको तौल लिने काम भइरहेको छ ।
प्रकाशित: ४ जेष्ठ २०८२ १६:४५ आइतबार