उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रुपान्तरणका लागि पानीको महत्व उच्च रहेको बताएका छन्।
जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था र इञ्जिनियरिङ अध्ययन सस्थानद्वारा संयुक्त आज यहाँ आयोजित ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलनमा उनले कृषि र खाद्य प्रणालीको रुपान्तरण गर्न पानीको महत्व उच्च भएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिता दिएको जानकारी दिए।
“पानीलाई पिउन र सरसफाइको लागि मात्र प्रयोग नगरी खाद्य प्रणालीको विस्तारमार्फत मानिसको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ,” उनले भने, “नेपालमा धेरैजसो मानिसहरु खेतीपाति र कृषि क्षेत्रमा निर्भर रहेको हुँदा यसलाई सुधार गर्न जरुरी छ ।”
मन्त्री खड्काले जलवायु परिवर्तनका कारण खडेरी, बाढी र मौसम परिवर्तनका जोखिम बढ्दा यसले नेपालको कृषि र सिँचाई क्षेत्रमा ठूलो हानी पु¥याएको बताए। सिँचाइले किसानलाई धेरै वाली उब्जाउन र नयाँ प्रविधिको प्रयोगमा सहयोग पु¥याउने उनको भनाइ थियो । उर्जामन्त्री खड्काले सरकारले विस २०८० मा जारी गरेको सिँचाई नीतिले राम्रो प्रविधिको प्रयोग गर्ने, वर्षभरि पानी दिने र स्थानीय समुदायसँग मिलेर काम गर्ने कुरामा सहयोग पु¥याउने उल्लेख गरे। उनले भने, “सिँचाइ र कृषि क्षेत्रकोसँगै योजना बनाएर अगाडि बढेमात्र पानीको बचत गर्न सकिने छ । ”
प्रकाशित: १ जेष्ठ २०८२ १३:१४ बिहीबार