समाज

लुम्बिनीमा तीन दिने कार्यक्रमसहित बुद्धजयन्ती उत्सव

२५ सय ६९औँ बुद्धजयन्ती र लुम्बिनी दिवस वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइँदै छ।

लुम्बिनी विकास कोषले आज पत्रकार सम्मेलन गरी बुद्धको जन्म, बोधिज्ञान र महापरिनिर्वाण भएको वैशाख पूर्णिमाको दिन विशेष समारोह हुने जानकारी प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले दिए।

समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सङ्घीय मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद् सदस्य, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू सहभागी हुनेछन्।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ। वैशाख २९ गते बिहान ६ बजे भिक्षु, भिक्षुणी, लामा गुरु, उपासक र उपासिकाहरूको सहभागितामा प्रार्थना सभा र बिहान ७:३० बजे शोभायात्रा आयोजना हुनेछ। रासस

प्रकाशित: २७ वैशाख २०८२ १३:१५ शनिबार