समाज

प्रहरीले हेर्न थाल्यो जमुनाह नाकाबाट नेपाल आउने सबैको परिचयपत्र

भारत–पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता अपनाउन थालिएको छ।

प्रहरीले बाँकेस्थित जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचय खुल्ने कागजात हेर्न थालेको छ। यदि शंकास्पद लागेमा सो व्यक्तिलाई सोधपुछ प्रहरीले गर्ने गरेको छ ।

यसअघि जमुनाह नाकाबाट निर्बाध रुपमा आवतजावत हुने गरेको थियो । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएका छन् ।

प्रकाशित: २५ वैशाख २०८२ १३:०८ बिहीबार

#Nepal Police #Jamunaha naka