इटहरी उपमहानगरपालिका–२०, पुष्पलाल टोलमा निर्माणाधीन घरको छतबाट लडेर नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) को मृत्यु भएको छ।
आइतबार बिहान ७:३० बजे निर्माणाधीन घरको छतमा पानी लगाउने क्रममा ४५ वर्षीय प्रेमबहादुर कटुवाल चिप्लिएर लडेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, लडेर गम्भीर भएका कटुवाललाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
कटुवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए र केही दिनको बिदामा आफ्नो घर इटहरी आएका थिए। मृतक कटुवालका एक श्रीमती र दुई छोरी छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ वैशाख २०८२ १८:३१ आइतबार