समाज

बस र ट्रक ठोक्किँदा १० जना घाइते, एक गम्भीर

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ उमरी चोकमा बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा सवार १० जना घाइते भएका छन्।

आइतबार बिहान सवा १० बजेतिर बुटवलबाट सुर्खेततर्फ गइरहेको लु २ त ६८१५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६४५९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले दुर्घटनामा मुगुकी २० वर्षीया रमना बिक गम्भीर घाइते भएकी बताएका छन्।

शाहका अनुसरा घाइते बिकलाई उपचारका लागि बुटवल पठाइएको छ भने बस र ट्रकका चालक प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: २१ वैशाख २०८२ १२:३३ आइतबार