समाज

वर्षाले डाइभर्सन बगाउँदा कान्ती लोकपथ सडक खण्ड अवरुद्ध

फाइल तस्बिर

शनिबार रातिदेखि परेको वर्षाका कारण कान्ती लोकपथ सडक खण्ड अवरुद्ध भएको छ। आज विहान मकवानपुर र ललितपुरको सिमाना मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ ललितपुर तर्फको बागमती खोलामा बनाइएको डाइभर्सन वर्षाले बगाउँदा कान्ती लोकपथ सडक खण्ड अवरुद्ध भएको हो।

सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाका कारण बगाएकाले तत्काल बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरी टोलीद्वारा अवरुद्ध सडक खुलाउने पहल भइरहेको हाललाई हेटौंडाबाट काठमाडौं जानको लागि अन्य बाटोहरू प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रकाशित: २१ वैशाख २०८२ ०७:१७ आइतबार