समाज

तस्बिरमा नागरिक नायक–२०८२

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८२’ को सम्मान तीन जना व्यक्तित्वलाई प्रदान गरेको छ।

शनिबार नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीकी वन संरक्षण अभियन्ता नन्दादेवी कुँवर, बुटवलका शिक्षक घनश्याम पाठक र युवा महिला क्रिकेटर पूजा महतोलाई सम्मान प्रदान गरे।

नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष समाजमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई ‘नागरिक नायक’ सम्मानबाट प्रोत्साहन र प्रेरणा प्रदान गर्दै आएको छ।

यस वर्षका सम्मानित व्यक्तित्वहरूले आ–आफ्नो क्षेत्रमा समाज परिवर्तन र प्रगतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

**

प्रकाशित: १३ वैशाख २०८२ २०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App