नेपाल प्रहरीका अवकाश प्राप्त महानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ। वि.सं. १९८६ साउन ३० मा जन्मिएका थापाको मंगलबार (हिजो) निधन भएको हो।
वि.सं. २०३५ देखि २०३९ सम्म नेपाल प्रहरीमा सेवा गरेका थापा एक कुशल प्रहरी थिए। उनको निधनमा नेपाल प्रहरीले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
प्रहरी महानिरीक्षक दीपक थापाले अवकाश प्राप्त महानिरीक्षक थापाको निधनले नेपाल प्रहरीले एक कुशल अभिभावक गुमाएको भन्दै स्मरण गरेका छन्।
प्रकाशित: १० वैशाख २०८२ ०९:४४ बुधबार