समाज

शिक्षक आन्दोलनमा शिक्षकहरू विरुद्ध नै नाराबाजी गर्ने व्यक्ति पक्राउ (भिडियोसहित)

काठमाडौंको माइतीघरमा भइरहेको शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

सोमबार शिक्षकहरूले गरिरहेको आन्दोलनमा पुगेका एक व्यक्तिले शिक्षकहरुविरुद्ध नै नारा लगाएका थिए।

नारा लगाएका सो व्यक्तिलाई शिक्षकहरूले प्रदर्शनबाट लखेटेका थिए। सो क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

प्रकाशित: ८ वैशाख २०८२ १४:०९ सोमबार

#Teacher Protes