समाज

ताप्लेजुङ घटनाका घाइते आमा र छोरालाई लिन काठमाडौंबाट उड्यो हेलिकोप्टर

ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडिरहेको सवारीमा एक्कासी आगो लाग्दा भएको घटनाका घाइतेहरूलाई लिन काठमाडौंबाट हेलिकोप्टर उडेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार घाइते ललितपुर महानगरपालिका वडा नं १० बस्ने ४५ वर्षीया सविना आचार्य र सविनाका छोरा १० वर्षीय अभियम आचार्यलाई थप उपचारका लागि लैजान काठमाडौंबाट हेलिकोप्टर उडेको हो। सविनाका श्रीमान् निरज आचार्य दुई जना विशेषज्ञ चिकित्सकसहित ताप्लेजुङ आउन लागेका हुन्।

निरज आफैँ पनि डाक्टर हुन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छोरी र सासूससुरा गुमाएका निरजलाई फोन गरी कोशी प्रदेश सरकारले उपचारसहितको सबै खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त भएको कोशी प्रदेश पर्यटन भ्रमण वर्ष २०८२ का सचिवालय सदस्य कृष्ण शाहले जानकारी दिए।

यो पनि पढ्नुहोस्

पाथीभरा जाँदै गरेको जिपमाथि आगलागी : चार जनाको मृत्यु, दुई घाइते (नामसहित)

प्रकाशित: ८ वैशाख २०८२ ०९:३२ सोमबार