मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक वनबाट ५२ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
मनहरी गाउँपालिका–६ सुनाचुरीका ५० वर्षिय बाबुराम मुक्तानलाई प्रहरीले गाँजाको भारीसहित नियन्त्रणमा लिएको हो।
बुधबार राति करिब ९:३० बजेको समयमा लागुऔषध गाँजाको भारी बोकी रुपाचुरीबाट नयाँबस्तीतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मुक्तानलाई लागुऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित: ४ वैशाख २०८२ १५:१४ बिहीबार