गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्।
सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदीप अर्याललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभि भ्यानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ४ वैशाख २०८२ १३:५० बिहीबार