समाज

२५ करोड नगदसहित समातिएका ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

२५ करोड बराबरको युरो र डलरसहित समातिएका ट्रक चालक कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौंको टोखाबाट बरामद गरिएको उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल भने फरार छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

प्रकाशित: ४ वैशाख २०८२ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App