समाज

चट्याङ लागेर दैलेखमा एक जना घाइते

दैलेखको महाबु गाउँपालिका वडा नं. २ मान्ममा चैत ३० गते बिहान करिब ३ बजे चट्याङ पर्दा ऎराडि निवासी (मृतक गगनसराको घरमा कुर्न गएका) नारायण नेपाली घाइते भएका छन्।

साथै आसपासका ५ वटा घरमा मिटरबक्स लगाएत विद्युतीय सामाग्रीमा क्षति पुर्यााएको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको दैलेख प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८१ ०९:५६ शनिबार