समाज

दुर्गा प्रसाईंलाई जिल्ला अदालत लगियो

तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।

उनलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । त्यसपछि प्रसाईंलाई सरकारी वकिल कार्यालय लगिएको थियो। सरकारी वकिल कार्यालयबाट प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

प्रकाशित: २९ चैत्र २०८१ १४:४२ शुक्रबार

#Durga Prasain