समाज

प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो, आजै अदालत पेस गरिने

तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।

उनलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । प्रसाईंलाई अहिले सरकारी वकिल कार्यालय लगिएको छ। त्यसपछि प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ ।

प्रकाशित: २९ चैत्र २०८१ १४:२१ शुक्रबार

#Durga Prasain