समाज

बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायमै

हाल काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो। देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ।

विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित: २९ चैत्र २०८१ ०८:४५ शुक्रबार