समाज

रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने दुर्गा प्रसाईंको घोषणा

फाइल तस्बिर

फरार रहेका दुर्गा प्रसाईंले  चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका प्रसाईंले रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका हुन्।

उनले भने,'तीनकुने प्रदर्शनमा दुई जना एक जना पत्रकार सुरेश र सविन महर्जनको मृत्यु भएको छ। उहाँहरुको परिवारलाई पाँच पाँच लाख दिने घोषणा गर्दछु। म बाहिर आएपछि म दिन्छु। जसको गोलीले पनि मान्छे मर्नु हुँदैन थ्यो। सरकारले दिन्छ दिँदैन। तर म दिन्छु

प्रकाशित: २७ चैत्र २०८१ १८:५७ बुधबार

#Durga Prasain