समाज

पाथीभरा केबलकार विवादः निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

पाथीभरा केबलकार निर्माणको काम रोक्न अन्तरिम आदेशको माग गर्दै परेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीकोएकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि आगामी चैत २६ गते दुवै पक्षलाई बोलाउन पनि आदेश गरेको छ ।

यामबहादुर लिम्बुसमेतले दायर गरेको रिटमा गत चैत १३ गते नै उक्त आदेश भएपनि आइतबारमात्रै सार्वजनिक भएको हो ।

आदेशमा विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि भनिएको छ ।

प्रकाशित: १७ चैत्र २०८१ १३:१८ आइतबार

#Pathivara kebalkar #suprim court