समाज

तीनकुनेमा राजावादीले लगाए स्थानीयको घरमै आगो

काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घरमै आगो लगाइदिएका छन्।

शुक्रबार प्रदर्शन गर्न तीनकुने पुगेका राजावादीहरूले स्थानीयको घरमा आगजनी गरेका हुन्। 

त्यसअघि उनीहरुले घर तोडफोड गरेका थिए। ती घरमा बसेर प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को-को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन।

प्रकाशित: १५ चैत्र २०८१ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App