समाज

'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार २०८१' बाट नागरिककर्मी कार्की पुरस्कृत

प्रेस चौतारी नेपालले प्रदान गर्दै आएको 'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार २०८१' बाट नागरिककर्मी टपेन्द्र कार्की पुरस्कृत भएका छन्।

कोशी प्रदेशको राजधानी विराटनगरमा जारी प्रेस चौतारी नेपालको १०औं महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नगद तथा सम्मानपत्र हस्तान्तरण गरेर कार्कीलाई पुरस्कृत गरेका हुन्।

सम्मान पत्रमा कार्कीले जटिल परिस्थितिमा पनि निष्पक्ष पत्रकारिता गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका लागि योगदान गरेको उल्लेख छ। यसैका लागि पुरस्कार प्रदान गरिएको पनि त्यहाँ उल्लेख छ।

प्रकाशित: १० चैत्र २०८१ १६:५९ आइतबार

#Tapendra Karki