समाज

एयरपोर्टभित्र गाडी प्रवेशमा रोक, यात्रुहरू गेटबाटै हिँड्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको भिड बढेपछि गाडीहरू प्रवेशमा रोक लगाइएको छ।

चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी तैनाथ गरिएको छ भने शाहका समर्थकहरूको भिड पनि बढेको छ।

मुख्य गेटमा भिड बढेपछि अहिले सार्वजनिक र निजी गाडीहरूलाई विमानस्थलभित्र जान रोक लगाइएको छ। हवाई मार्गबाट जाने यात्रुहरू विमानस्थलको मुख्य गेटबाटै हिँडेर गइरहेका छन्। उनीहरु आफ्नो सामानहरू बोकेर विमानस्थलको मुख्य गेटबाटै हिँडिरहेका छन्। 

प्रकाशित: २५ फाल्गुन २०८१ १४:५५ आइतबार

#Former King Gyhandra Saha