समाज

बागमती खोलामा एक महिला मृत फेला

काठमाडौंको गोकर्णेश्वरमा एक महिला मृत फेला परेकी छन्।

शनिबार गोकर्णेश्वरमा नगरपालिका-७ स्थित बागमती खोलाको बीच भागमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो।

प्रहरीका अनुसार हाल उनको नाम, थर, वतन खुलिसकेको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ फाल्गुन २०८१ १६:१७ शनिबार