समाज

बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

न्यायाधीशहरु तेज नारायण सिंह राई, राम बहादुर थापा  र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो।

सिलवालविरुद्ध अख्तियारले गत मंसिर २४ झुटा विवरण पेश गरेर नियुक्ति लिएको र नागरिकता किर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धानले मुद्दा दर्ता गरेको थियो ।

सिलवाल १९ माघ २०७७ मा बिमा समितिको अध्यक्षमा नियुक्त भएका थिए ।  

प्रकाशित: १८ फाल्गुन २०८१ १७:५० आइतबार

#Surya Silwal