समाज

नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप, डिएसपी घाइते

फाइल तस्बिर

काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप भएको छ।

आइतबार  ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो ।

झडपमा प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पौडेलको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको र टाँका लगाइएको बताइएको छ। 

प्रकाशित: १८ फाल्गुन २०८१ १३:१० आइतबार