समाज

बनेपाको होटलमा युवती मृत फेला

बनेपामा एक किशोरी मृत भेटिएकी छन् । बनेपा नगरपालिका–८ स्थित होटल भ्यु एन्ड पाहुनाघरमा २३ वर्षीया शर्मिला श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनी होटलको ११४५ नम्बर कोठामा मृत भेटिएकी हुन् । शर्मिला फागुन १४ देखि हराएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रकाशित: १६ फाल्गुन २०८१ १२:१७ शुक्रबार