प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जना नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत पाँच जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो।
प्रकाशित: १० फाल्गुन २०८१ १६:२५ शनिबार