समाज

नेपाली विद्यार्थीलाई फर्कन केआईआईटी विश्वविद्यालयको अपिल

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थी फर्कन आग्रह गरेको छ।

केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी फर्कन आग्रह गरेको हो।

'विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ,' विज्ञप्तिमा भनिएको छ ।

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी थिइन्।

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए ।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृतिको ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए 

विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर विभिन्न ठाउँमा छाडिदिएको थियो। 

प्रकाशित: ५ फाल्गुन २०८१ १८:५३ सोमबार

#KIIT University