नेपाल जाइका अलमनाई एसोसियसन (जान) को अध्यक्षमा डा. रामचन्द्र भुसाल चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।
जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका कृषि विज्ञ डा. भुसाल सार्क जाइका अलमनाइहरूको छाता संगठन जाइका अलमनाई एसोसियसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्स) को वर्तमान महासचिव पनि हुन्।
जानको निर्वाचनमा भुसालसहित सम्पूर्ण पदाधिकारी एवं सदस्यपदहरू निर्विरोध भएका थिए। उपाध्यक्षमा डा. किरण रुपाखेती, महासचिवमा शान्ति लक्ष्मी शाक्य, कोषाध्यक्षमा विभाकालिका मल्ल श्रेष्ठ, सचिवमा यमलाल भुसाल, सह–कोषाध्यक्षमा वावुल खनाल तथा सदस्यहरुमा सुशीलकुमार भट्टचन, विनोदकुमार भट्टराई, पारस पौडेल, सूर्यप्रसाद बराल, उमा श्रेष्ठ र तारा खनाल निर्वाचित भएका छन्।
जन जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका वहालवाला तथा सेवानिवृत्त सरकारी कर्मचारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यवसायीको सामाजिक संस्था हो।
प्रकाशित: ४ फाल्गुन २०८१ १२:५६ आइतबार