समाज

झापामा प्रहरीका सई मृत भेटिए

झापामा झण्डिएको अवस्थामा एक जना प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन्।

आज (आइतबार) बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा प्रहरी नायब निरीक्षक धनराज खतिवडा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार तीनतलाको प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकीमा जाने फलामको भर्‍याङमा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका उनी झुण्डिएको अवस्थामा फेला परेका थिए।

घटनाबारे मृतकका आफन्तहरूलाई जानकारी गराई कानुनी प्रकृयाका लागि तयारी गरिएको बताइको छ। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ फाल्गुन २०८१ १२:०२ आइतबार