कमलपोखरीको शानदार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर मर्नेको संख्या चार पुगेको छ। प्रहरीले शनिबार राति थप एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।
काठमाडौं जिल्ला परिसरका अनुसार काभ्रे घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको हाे। यसअघि उदयपुरका २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरकै २५ वर्षीय भीम बहादुर घले मगरको मृत्यु भएको थियो।
विस्फोट माघ २४ गते बिहान भएको थियो, जसमा १४ जना घाइते भएका थिए। अन्य घाइतेहरूको उपचार भइरहेको छ।
प्रकाशित: ४ फाल्गुन २०८१ १०:३७ आइतबार