समाज

चितवनमा सकिएन थुनछेक बहस, रविलाई हिरासतमा पठाइयो

साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएकाे जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

बिहीबार १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको उनले बताए। 

प्रकाशित: २३ माघ २०८१ १७:२५ बुधबार

#Rabi Lamechhane