समाज

मानव कंकालसहित विराटनगरबाट एक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले आइतबार मानव कंकालसहित एक जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीको टोली पक्राउ गरेको हो।

भारतबाट मानव कङ्काल लिएर आउँदै गर्दा रायलाई पक्राउ गरिएको गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डिएसपी ऋषिकेश राउतले जानकारी दिए।

उनका अनुसार रिक्सामा राखेर भारतबाट मानव कङ्काल लिएर आउँदै गर्दा दुई नम्बर ढाटमा ड्युटीमा रहेको सशस्त्र प्रहरीले फेला पारेको थियो। पक्राउ परेका रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको छ।

उनीसँगै रहेकी एक जना महिला रिक्साबाट ओर्लिएर फरार भएकाले खोजी तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ। सशस्त्र प्रहरीका अनुसार यसअघि २०७८ असोज र चैतमा पनि मानव कङ्काल बरामद गरेको थियो।

प्रकाशित: २० माघ २०८१ २०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App