समाज

जरिवाना पत्र बोकेर नगर प्रहरी एमाले कार्यालयमा, गलत ठाउँमा आएको भन्दै फर्काइयो

सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ।

आइतबार महानगरको प्रहरी टोली जरिवाना पत्र बुझाउन पार्टी कार्यालय पुगेको थियो।   तर महानगरको जरिवाना पत्र बुझन एमालेले अस्वीकार गरेको हो।

आफूहरू कार्यक्रमको आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको बताइएको छ।

गत शुक्रबार दरबारमार्गमा नेकपा एमालेले जागरण सभा गरेको थियो। उक्त सभामा सडक तथा पेटीमा जथाभाबी फोहोर गरेको भन्दै महानगरले नेकपा एमालेलाई जरिवानाको पत्र लेखेको थियो।

प्रकाशित: ९ मंसिर २०८१ १४:२९ आइतबार

#uml #Mayor Balen Saha