समाज

गुन्डा नाइके सत्यमान लामा पक्राउ

कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई पक्राउ गरेको हो।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका थिए।

जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला सुनाएको थियो। लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ।

प्रकाशित: ३ मंसिर २०८१ ११:४६ सोमबार

#Nepal Police #Satayaman Lama