समाज

ओल्गा असाधारण समाजसेवी: परराष्ट्रमन्त्री राणा

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी असाधारण समाजसेवी रहेको बताएकी छिन्।

ललितपुर महानगरपालिका-२२ चुनिखेल ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय ओल्गा डेविस मरीको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन।

नेपाल युथ फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा मन्त्री राणाले ओल्गाले जीवनमा आफूलाई हजारौं बालबालिकाहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण मुद्दामा निःस्वार्थ रूपमा समर्पित गरेर असाधारण काम गरेको उल्लेख गरिन्।

ओल्गा डेविस मरी नेपाल युथ फाउन्डेसनको संस्थापक ओल्गा डेविस मरी हुन। उनले फाउन्डेसन मार्फत विगत ४० वर्षदेखि नेपाली बालबालिकाहरूका लागि आफ्नो जीवन समर्पित गर्दै आएकी थिइन।

ओल्गा डेविस मरीले पुर्‍याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले गोर्खा दक्षिण बाहु विभूषणबाट सम्मान गरेको थियो। सरकारले उनलाई नेपालको लागि आजीवन आवासीय भिसा समेत प्रदान गरेको थियो।

ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फेब्रुअरी २०२४ मा निधन भएको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ १८:२७ सोमबार

#Foreign Minister Dr. Arju Rana Deuba #Olga Davis