समाज

बञ्चरोले हानेर कैलालीमा श्रीमतीको हत्या,श्रीमान पक्राउ

कैलालीमा एक व्यक्तिले  बञ्चरो प्रहार गरी  श्रीमतीको हत्या गरेका छन्। 

मुलुकभर दसैंको उल्लास चलिरहदा चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले महानवमीको राति आफ्नै  श्रीमतीको हत्या गरेका हुन। 

चुनाराले राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारगरि  ४७ वर्षीया हीरादेवी चुनाराको हत्या गरेको प्रहरीले जनाएको छ।

 इलाका प्रहरी कार्यालय फल्टुडेको प्रहरी टोलीले चुनारालाई नियन्त्रणमा लिइसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: २६ आश्विन २०८१ १०:११ शनिबार

#murder #Husbandkills