समाज

सिप्रदियन सहायताद्वारा १५ स्थानमा यात्रु सहायता कक्ष संचालन

सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाले यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ।

काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सिप्रदीले सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।  

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल, वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।  

यात्रुलाई टिकट बुकिङ्गका क्रममा विभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको सिप्रदीको भनाइ छ । उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महंगो टिकट मूल्य, टिकट नपाउने संग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु(सुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्नेछ । 

प्रकाशित: १५ आश्विन २०८१ १४:१६ मंगलबार

#सिप्रदी ट्रेडिङ्ग #सिप्रदियन सहायता संस्था #यात्रु सहायता कक्ष