समाज

यसरी बनाइँदैछ 'नेसनल डे कन्सर्ट' को स्टेज (तस्बिरहरु)

संविधान दिवसको अवसरमा दरबारमार्गमा  ‘नेसनल डे कन्सर्ट’ हुँदै छ। कन्सर्टका लागि स्टेज बनाउने काम तीव्रताका साथ चलिरहेको छ।

बुधबार दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाएर नै स्टेज निर्माणको कामहरु गरिएको छ। जसले गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २ आश्विन २०८१ १४:०७ बुधबार

#National Day Concert #Darbarmarga